-->
रमिता हेर्ने र हाँस्नेले यो सरकारको गति थाहा पाउँदैनन्ः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिको बाटोमा तीब्र गतिमा कुँदिरहेको भन्दै उभिएर हेर्नेले सरकारको गति थाहा नपाउने बताएका छन्। किनारामा उभिएर रमिता हेर्ने र हाँस्नेहरुले सरकारको तीब्र गति नदेख्ने उनले बताए।
सरकारको गति थाह पाउन उही गतिमा कुँद्नु पर्ने उनको भनाइ थियो।
राजधानीमा शुक्रबार गरगहना मेला (नेपाल इन्टरनेशनल जेम एण्ड ज्वयलरी एक्सपो–२०१६) को उद्घाटन गर्दै प्रधानमन्त्रीले तीब्र आर्थिक विकासमा देश अगाडि लैजाने बताए। 'हाँसेर किनारामा बस्नेहरुलाई सरकारको गति थाह हुँदैन,' प्रधानमन्त्रीको भनाई थियो 'सरकार आफ्नै गतिमा अगाडि बढिरहन्छ, हाँस्नेहरु हाँसिरहुन्।'
नेपालमा अथाहा प्राकृतिक, खनिज, जलस्रोतलगायत सम्पदाहरु रहेको भन्दै त्यसबाटै नेपाल धनी बन्न सक्ने प्रधानमन्त्रीले बताए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.