-->
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

न्युयोर्क (अमेरिका) / विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उहाँ ११६ वर्षकी हुनुहुन्थ्यो । लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भन्नुभयो, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ । उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आउनुभएकी जोन्स गत १० दिनयतादेखि बिरामी हुनुहुन्थ्यो । उहाँको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो ।

जोन्सको जीवनी

एघार जना दाजुभाइ÷दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गर्नुभएको थियो । जोन्सले केही वर्ष वैवाहिक जीवन बिताउनु भए पनि उहाँको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।

गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उहाँको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।

अब सवैभन्दा जेठी इटालीकी मोरानो 

जोन्सको मृत्युपश्चात उहाँभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुनुहुनेछ, योङले भन्नुभयो । यद्यपि मोरानोलाई औपचारिक रुपमा सबैभन्दा वृद्ध मानिस घोषणा गरिसकिएको छैन, वरिष्ठ चिकित्सक योङले बताउनुभयो ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.