मिडिया एनपी, काठमाडौं, ३१ बैशाख । बलिउड नायिका सोनाक्षी सिन्हा राजधानी आईपुुगेकी छिन् । शनिबार राजधानीमा हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिने क्रममा सोनाक्षी शुक्रबार अपरान्ह काठमाडौं आईपुुगेकी हुन् । पहिलो पटक नेपाल आएकी सोनाक्षीलाई कार्यक्रम आयोजकले सोल्टी होटलमा लगेको छ ।
सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको ‘अमरपंक्षी’ कन्सर्टमा सोनाक्षीसँगै बलिउडकी अर्की स्टार मलाईका अरोरा पनि काठमाडौं आउने छिन् । मलाईका पनि आज साँझ नै काठमाडौं आउँने आयोजकले जनाएको छ ।
सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि आफ्नो प्रस्तुति दिने छन् । भूकम्पपीडितको सहयोगार्थ आयोजना हुन लागेको कन्सर्टको ‘राईजिंग फ्रम त एसेस’ नारा दिइएकोे सैनिक श्रीमती संघ नेपालले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...