-->
आइपिएलमा मुम्बई इन्डियन्सको जित

वैशाख २० – इण्डियन  प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् विजयी भएको छ । 

पुनेमा भएको खेलमा मुम्बईले राइजिङ पुने सुपरजाइन्टस्लाई ८ विकेटले हराएउदै मुम्बई इन्डियन विजयी भएको हो । राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छदा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । 
मुम्बइका लागि कप्तान रोहित शर्माले नट आउट ६० बलमा ८५ रनको योगदान दिए  । उनले आठ चौका र तीन छक्का प्रहार गरे । यस्तै  जोस बुल्टरले २७, अम्बती रायडुले २२ र पार्थिव पटेलले २१ रनको योगदान दिए । 
पुनेका लागि अशोक दिन्डा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको राइजिङ पुने सुपरजाइट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । 
उसका सौरभ तिवारीले ४५ बलमा ५७,  स्टेभेन स्मिथले २३ बलमा ४५  र कप्तान महेन्द्र सिंह धोनीले २४ बलमा मात्र २४ रन बनाए ।  जारी लिगमा मुम्बई इण्डियन्स् १० अंक सहित दोस्रो स्थानमा पुगेको छ भने पुने चार अंक सहित छैठौँ स्थानमा छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.