-->
यी पेशामा दक्षता भएका सजिलै अस्ट्रेलिया जान सक्ने, सार्वजनिक भयो एसओएल लिष्ट

सिड्नी—अस्ट्रेलिया बसाइँ सरेर जान चाहनेका लागि अस्ट्रेलिया सरकारले सन् २०१६/१७ को स्कील अकुपेशन लिष्ट (एसओएल) अर्थात दक्ष पेशाको सूची सार्वजनिक गरेको छ । बुधबार डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले दक्ष पेशाको सूची सार्वजनिक गरेको हो ।


यो सूची १ जुलाई २०१६ बाट कार्यन्वयनमा हुने बताइएको छ । दक्ष पेशाको सूचीमा १ सय ८९ (दक्ष स्वतन्त्र भिसा), ४ सय ८९ (दक्ष क्षेत्रीय प्रोभिजनल भिसा) र ४८५ (ग्राजुयट टेम्पोररी भिसा) भिसा आवेदन रहेका छन् ।


डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले सार्वजनिक गरेको कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेशन लिष्ट जसको प्रयोग १९० (स्कील नोमिनेटेड भिसा), ४५७ (टेम्पोररी वर्क स्कील्ड भिसा), र १८६ (एम्पोलोयर नोमिनेटेड स्कीम) भिसा आवेदन रहेका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.