-->
चीन यति धेरै शक्तिशाली हुनुकाे कारण पत्ता लाग्याे : यी दुई कमाण्डर जसले चिनलाई यती धेरै शक्तीसाली बनायाे


जेठ ०४
एजेन्सी / चिनियाँ सांस्कृतिक क्रान्ति सम्पन्न भएको पचास वर्ष पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको नेतृत्वमा भएको सो साँस्कृतिक क्रान्ति सन् १९६६ देखि १९७६ सम्म चलेको थियो ।चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको निकै वर्षपछि सुरु भएको साँस्कृतिक क्रान्ति चिनियाँकम्युनिष्ट पार्टी, सत्ता, समाज र सैनिक संगठनभित्रको रुपान्तरणमा केन्द्रीत थियो ।
विश्वलाई नै प्रभावित पार्ने खालको सो साँस्कृतिक क्रान्ति सम्पन्न भएलगत्तै चीनले आर्थिक सुधारबादको बाटो अंगालेको थियो । सन् १९७८ देखि लागू भएको आर्थिक सुधारवादको नेतृत्व देङ सियायो पिङले गरेका थिए ।पछिल्ला वर्ष चीनमै सो क्रान्तिका बारेमा आलोचनात्मक बहसहरु सुरु भएका छन् । सांस्कृतिक क्रान्तिको पचासौ वर्षगाँठमा चिनियाँ मिडियाहरुले समेत त्यो महासंग्रामको आलोचना गरेका छन् र त्यस्तो नियति अब चीनमा नदोहोरिने जनाएका छन् ।
सांस्कृतिक क्रान्तिको नेतृत्व गरिरहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष माओको निधन भएको थियो ।विश्वका प्रजातान्त्रिक (पश्चिमा) शक्तिहरुले चिनियाँ सांस्कृतिक क्रान्तिलाई बेठिक भन्दै आएका छन् भने विश्वभर रहेका धेरै कम्युनिष्ट पार्टीहरुले भने उक्त क्रान्तिले लिएको बाटो सही थियो भन्ने निश्कर्ष निकाल्ने गरेका छन् ।अध्यक्ष माओत्सेतुङको तत्कालन निधन नभएको भए चीनले थप राजनीतिक–सांस्कृतिक परिवर्तनको बाटो तय गर्ने विश्वभरका कम्युनिष्ट घटकहरुको निश्कर्ष रहेको देखिन्छ ।
पछिल्ला वर्ष चीनले गरेको तिव्र विकास र आधुनिकतासँगै सांस्कृतिक क्रान्तिको सवाल समेत ओझेल पर्दै आएको देखिन्छ ।यद्यपि, चीनमा भएका जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको जगमै देङले समाजवादी आर्थिक सुधारवादको बाटो कोरेको र त्यसले आजको शक्तिशाली चीन जन्मिएको भन्नेको पनि विश्वभर ठूलो मत पाइन्छ ।
चिनियाँ सांस्कृतिक क्रान्तिले सही मार्गनिर्देशन नगरेको भए चिनियाँ शासन सत्ता समेत छिटै ध्वस्त हुनसक्ने चिनियाँ मामलामा दख्खल राख्नेहरुको मत छ ।निश्कर्षमा के भन्न सकिन्छ भने आजको विशाल र शक्तिशाली चीन निर्माणमा अध्यक्ष माओ र कुशल नेता देङ सियाओ पिङ दुवैको योगदान रहेको छ । माओको नेतृतवमा चीनमा आमूल राजनीतिक परिवर्तन नभएको भए चीन आज यो स्थानमा पुग्दैनथ्यो ।
उता, देङजस्तो दूरदर्शी राजनेता चीनमा हुँदनथ्यो भने आजको आधुनिक र विश्व अर्थतन्त्रकै नेतृत्व गर्ने चीन देख्न सकिदैनथ्यो । त्यसर्थ, यी दुबै कमाण्डरले शक्तिशाली चीन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अधिकांश जनमत भेटिन्छ ।
- पुर्बेलीन्युजबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.