बमको धम्कीपछि विमान फोर्स ल्यान्डिङ
क्वालालम्पुर—सिंगापुरका लागि उडेको मलेसियन कम्पनीको एउटा जहाज फोर्स ल्यान्डिङ गरिएको छ। बम भएको सूचनापछि ३४ जना सवार जहाजलाई क्वालालम्पुर नजिकैको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा फोर्स ल्यान्डिङ गरिएको हो।
मंगलबार साँझ ७:४० बजे सो जहाज सिंगापुरका लागि उडेको थियो। विमान उड्ने साथ विमानस्थल रिसेप्सनमा दुई फोन कल आए। प्रहरीकाअनुसार फोन गर्ने व्यक्तिले जहाजमा बम राखिएको दाबी गरेका थिए। त्यसपछि विमानस्थल एयर ट्राफिक कन्ट्रोलले जहाजलाई फिर्ता बोलायो।
फिर्ता भएको जहाज झन्डै एक घन्टापछि फोर्स ल्यान्ड गरिएको थियो। विमानस्थलमा अवतरण गरेको जहाजलाई सुरक्षाकर्मीले खाली गरेर जाँच गरेका थिए। प्रहरीले कुनै विस्फोटक पदार्थ नभेटिएको जनाएको छ।
३० यात्रु तथा ४ चालक दल सदस्यपछि अर्को जहाजमार्फत सिंगापुरतर्फ लागेका थिए। मलेसियन प्रहरीले यो विषयलाई अनुसन्धान गरिरहेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...