पानीघट्ट निर्माणपछि १४५ घरधुरी लाभान्वित
पाटन नगरपालिका र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपीको सहयोगमा पानीघट्ट निर्माण गरिएको नागरिक सचेतना केन्द्रका संयोजक दानबहादुर ऐरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटन नगरपालिका र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको तीन लाख १५ हजार र स्थानीय बासिन्दाको एक लाख १० हजार बराबरको जनश्रमदानमा पानीघट्ट निर्माण गरिएको हो ।”
पानीघट्ट निर्माण भएपछि महिलालाई पनि सजिलो भएको छ । बिहानै उठेर जाँतो पिँध्नु पर्ने बाध्यता हटेको स्थानीय महिलाले बताएका छन् । घट्ट सञ्चालनका लागि प्रतिकेजी दुई रुपैयाँका दरले पिसानी गर्ने र सोही रकमबाट एक जनालाई रोजगारी दिने तयारीसमेत गरिएको छ । पानीघट्टलाई दिगो रुपमा सञ्चालन गर्न सोही रकमबाट मर्मतसम्भार कोषसमेत खडा गर्ने तयारी भइरहेको संयोजक ऐरीले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...