-->
आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने

नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् । काराेबार दैनिकमा समाचार छ।
 
निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको  छ ।
 
बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ ।  गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको हो ।
 
निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्ता गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ ।
 
निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.