‘न्यूरोडको घडेरीमा धुपीसल्ला रोपेर देश बन्दैन’
देशमा विभिन्न खालका भ्रम फैलाएर आनन्द लिने तत्वहरु छन् । सत्य कुरा नबुझ्ने, बुझ्न नचाहने वा भ्रममै रामाउने तत्वहरु पनि छन् । तर, नेपाली जनता स्पष्ट हुनुपर्छ । सरकारको दिशालाई जनताले बुझ्नुपर्छ ।
विगतका सरकारहरुले केही नगर्दा अहिलेको सरकारप्रति पनि जनताको विश्वास डग्मगाएको हो । अघिल्ला सरकारहरु केवल समय गुजार्ने, जब मिति पुग्छ अनि छाडेर हिँड्ने, यसैमा सीमित भए । यो अभ्यास र तरीकालाई अब निरन्तरता दिन सकिदैन र दिनु हुन्न । नेपाल अत्यन्तै राम्रा सम्भावना भएको देश हो । आकारमा धेरै ठूलो छैन । जनसंख्या धेरै छैन । साधन-स्रोतको प्रचुरता छ । तर, न तीनको अध्ययन हुन्छ न अन्वेषण हुन्छ, न खोज-अनुसन्धान हुन्छ । त्यस्तो स्थितिमा नेपाल छ ।
हामीले अब यस अवस्थालाई तोडेर विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ ।
यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्याहो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन्, तर विद्वान भनिनेहरु, बुद्धिजीवी कहलाउनेहरु आत्तिएका छन् । पढेलेखेका हौं भन्नेहरु केही छट्पटाएका छन् ।
आजमात्रै पनि एकजना बुद्धिजीवीले चटपटे-सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । उहाँलाई केमा परेको हो भने रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ । केके गर्ने भयो अब । जुन देशको समुद्र छैन, तीनले पानीजहाज चलाएका छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउनुपरो कि परेन ? समुद्र ती देशको मात्रै होइन, जसको किनारा जोडिएको छ । अरुले पनि प्रयोग गर्न पाउँछन् । त्यसैले भारतसँग र चीनसँग हामीले पारवहन सन्धि गरेका छौं । मैले भनेको थिएँ, यो अहिले तत्काल भइहाल्दैन । केही समय लाग्छ तर हामी चलाउने छौं । त्यति के भनेको थिएँ, अहो एकैछिनपछि त तमासा देखियो । कसैले कागजका जहाज बनाएर गुडाउन थाले । कसैले पहाडमा जहाज बनाएर कुदाउन थाले । यस्तो बुद्धिलाई सलाम गर्नुपर्छ ।
तर एउटा कुरा म के स्मरण गराउन चाहन्छु भने २७ सालमै पानीजहाज किन्न आँटिएको रहेछ । बैनासमेत दिइसकेको रहेछ । कानून बनाइसकेको रहेछ । झण्डा कसरी, कहाँ राख्ने भनेर बजेटमा प्रकाशित भइसकेको रहेछ । मैले पहिलोपटक निकालेको यो कुरा भन्ठानेको थिएँ, तर पहिले यति अगाडि बढेको रहेछ । यो कुरा हिजो मात्र मलाई थाहा भो । अलिकति पैसा दिन नसकेर पछि हटेको रहेछ नेपाल । त्यसपछि त्यो कुरा हराएछ ।
मैले के भनेको थिएँ भने हामीले आफ्ना ट्रक लगेर कलकत्ताबाट सामान ल्याउनु हुन्छ भने रेल चैं किन लैजानु हुन्न ः रक्सौलसम्म अरुको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चट्पटे लाग्छ ।
नवलपरासीको पहाडमा हामीले १० किलोमिटरको फलाम खानी पत्ता लगाइसक्यौं । अब त्यसको उत्खनन र प्रशोधन सुरु हुन्छ । बुद्धिजिवी छट्पटाउछन् यो कुरा सुनेर । मैले ‘इन्भरटेड कमा’का बुद्धिजिविलाई भनेको हो । कमसेकम १० खर्ब, जुन नेपालको सिंगै बजेटजति हुन्छ, त्यो खानीबाट आउँछ ।
अर्को कुरा दैलेखमा पेट्रोलियम खानीको सर्भे गरिसक्यौं । उत्खनन् गर्दैछौं । अलिकति निस्कर्षमा पुर्याउन बाँकी छ । अब त्यो पेट्रोलियम नेपालबाट निकाल्ने कि ननिकाल्ने बुद्धिजिविहरुले भनिदिनुपरो । अघि बद्री पंगेनीले सोध्नुभो, दक्षिणको तेल हाल्दाहाल्दा हैरान भइयो, उत्तरको कहिले हाल्न पाइन्छ । अब उत्तरको र दक्षिणको होइन, आफ्नै तेल बनाउने कोशीश गरौं । दुई वर्षभित्र नेपालमा आफ्नै पेट्रोल उत्पादन हुन्छ । म हाम्रो योजना र नीति-कार्यक्रमका आधारमा बोल्दैछु ।
०००
दुनियाँका देशभन्दा असाधारण देश छ हाम्रो । प्रकृतिले सबथोक दिएको छ । नेपालीजति राम्रो श्रमजिवी विश्वमा अरु मानिदैनन् । अरुले नेपाली छान्छन् जे कामका लागि पनि । अनि यस्तो जनशक्तिले हाम्रै देश किन नबननाउने ? यस्तो उर्बर देशमा कृषिलाई औद्योगिकरण किन नगर्ने ? स्वदेशी तथा विदेशी उद्योगहरु किन स्थापना नगर्ने ? हामी एग्रो फरेस्ट्रीमा काम गर्नेछौं । फलफुलको जंगल बनाउन सकिन्छ । अनि न्यूरोडमा घडेरी किनेर धुपिसल्ला बनाएको छ । त्यसको आफ्नो ठाउँ हुन्छ । के लगाउनुपर्ने ठाउँमा के लगाएको छ ।
केटाकेटीलाई पढाइन्छ, पछि विद्वान हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ? स्कुल हालेकै दिन खोइ त विद्वान भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजिविका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजिविबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्वीट गर्यो । सारा दुनियालाई भ्रममा पार्यो । कसैले ए अँ भनिदियो भने छाति फुलायो । कुनै कुनै सञ्चारमाध्यम देख्छु, आन्दोलनमा व्यापक जनसमर्थन देखियो रे । नाचगान भएको ठाउँमा मान्छे जम्मा हुँदैनन् ? उनीहरु त नाच हेर्न आएका हुन् । मैले त (आन्दोलनकारीलाईं) बोलाएको हो नी, सिंहदरबारमा । बाहिर घाम तापेर, नाचगान गरेर बसेका छन् । जायज माग पूरा गरिदिने भनेको छु । तर घाम तापेर बसेका छन् ।
हामी भुकम्पबाट ध्वस्त भएका छौं । नाकाबन्दीले अर्थतन्त्रमा यति ठूलो क्षति भएको छ एक प्रतिशतभन्दा कम वृद्धिदरको आकलन गरिएको छ । आर्थिक वृद्धि एउटा ठहरावमा छ । अर्थतन्त्र फसेको छ । मैले भनेको छु, आउँदो वर्ष ६५ प्रतिशत वृद्धिदर हासिल हुनेगरी तीव्रताका साथ काम अघि बढाइन्छ । पुननिर्माणका साथ अनेक काम गरिन्छ । तर, बुद्धिजिवीहरुलाई छटपटी छ । नीति तथा कार्यक्रमले गर्दा अलिकति छट्पटाए । अनि बजेट आउनै नदिने षडयन्त्रमा लागे । तर त्यो पार लागेन । नीति-कार्यक्रम त आयो । अब देश विकास गर्ने बजेट आउछ कि भनेर पीर गरिरहेका छन् । हो त्यस्तै बजेट आउछ, पिर मानेर के गर्ने ? देशलाई अगाडि बढाउने, जनतालाई हेर्ने बजेट आउँछ आउँछ । बुद्धिजिवीहरु रोएर के गर्ने ?
देश निर्माण गर्न सकिन्छ । यहाँबाट निजगढसम्मको बाटो बनाउन सक्दैन नेपालले ? नेपालीहरु कहाँकहाँ पुगेका छन् । कतार हेर्नुुस त, कसले बनाएको हो ? सारा नेपालीहरुले


0 comments
प्रतिक्रिया दिनुहोस्...