-->
शाकाहारी बन्नुका फाइदा

शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।

मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन ।

शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।

खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति चाहिन्छ ।  आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।  यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दा“त र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ ।  मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङगमा प्रशस्त प्रोटिन पाइन्छ ।

फर्सीको बिया, लट्टेको गेडा, ओखर, ज्वानोआदिबाट पनि प्रोटिन पाइन्छ ।  प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । प्रोटिनले घाउ छिटो निको गर्न मद्धत पु¥याउ“छ ।

शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखादा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटी ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । शरीर सुन्निने पनि हुन्छ ।  कहिलेका“ही छालामा दाग पनि देखिन्छ ।  भटमास, मह, सागसब्जी र दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन ।   गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ ।  जसले सरुवारोग र कमजोरीबाट बचाउछ ।  फर्सी, गा“जर, बकुल्ला र उमारेको गेडागुडीमा शरीरलाई आवश्यक पर्ने तत्व हुन्छन् ।  यस्तै, शारीरिक विकास, तेज आ“खा, स्वस्थ्य छाला, बलियो दा“त र हाड बनाइराख्न भिटामिन ए आवश्यक हुन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्Èमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ ।  अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ । ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दा“जोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.