काठमाडौं, २७ बैशाख । मुलुकमा राजनीतिक अस्थिरता हुँदा विकास र समृद्धि हासिल गर्न नसकिएको बताउने गरिएको छ । विभिन्न शासन र तिनका शासकहरुलाई ठूल्ठूला आन्दोलनबाट हटाइएको इतिहास मुलुकसामू रहेको छ । पछिल्लो पटक २०६२/०६३ को जनआन्दोलनले राजसंस्था र तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई पनि इतिहासमा समिति गरेको थियो ।
ज्ञानेन्द्र शाहा निकटहरु बताउँछन् –पूर्वराजा अहिले अत्यन्त उत्साहित भएका छन् , राजाका रुपमा बिदा भएका थिए, अब सम्राटका रुपमा फर्कने बातावरण बन्दै छ । स्रोतहरु भन्छन् – भारतको यसपटकको भ्रपणपछि चाँहि ज्ञानेन्द्र शाह अत्यन्त आशावादी भएका छन् । सत्ता र सम्राटको खेल यता काठमाण्डुको कोठाचोटामा सरकार परिवर्तनको खेल चलिरहँदा उता भारतमा चाहिँ नेपालमा हिन्दू राष्ट्र र सम्राटको आगमनको खेल चलिरहेको थियो । ओली सरकार हटाउन भारतले चाल चलेको एमाले नेतृत्वले टिप्पणी गरिरहँदा सत्ताको खेलमा भारत पराजित भयो भनिँदैछ । तर, भारतका लागि, खासगरी नरेन्द्र मोदी नेतृत्वको भारत सरकारका लागि सत्ताको खेल प्राथमिकताको मुख्य विषय रहेन ।
विश्वस्त स्रोतका अनुसार, उसले राजतन्त्र होइन सम्राटतन्त्र स्थापना गर्ने, सम्राटतन्त्रको साथमा हिन्दू राज्य स्थापना गर्ने ब्यूह रचना गर्दैछ । हिन्दू सम्राट स्थापना गरेर प्रचार भारतमा समेत गरेर भारतको हिन्दूत्वलाई मनोवैज्ञानिक रुपमा समेत बलियो बनाउने प्रयास मोदीले गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।- मीडिया एनपीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...