सरकार फेर्ने भारतको प्लान फेल भयो
काठमाण्डु, २३ वैशाख– एमाओवादीले कांग्रेससँग मिलेर सरकार बनाउने प्रस्तावलाई टुक्राएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका रुपमा स्विकार्न आफूहरु तयार रहेको बताउँदै राखेको प्रस्तावमा एमाओवादीले पनि चासो राखेको थियो । सोही प्रस्तावका आधारमा बसेको उमाओवादी स्थायी समिति बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गर्यो ।
तर, निर्णय गरेको २४ घण्टा नबित्दै कांग्रेसको ‘ललिपप’ लाई एमाओवादीले टुकएको छ ।
सरकारका विषयमा छलफल गर्न देउवा र प्रचण्डबीच बिहीबार भएको छलफलमा प्रचण्डले सरकार परिवर्तन नगर्ने संकेत दिएका हुन् ।
यो सँगै भारतको सकरार परिवर्तन गर्ने रणनीतिले फेल खाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...