-->
स्विकृती नलिई स्वास्थ्य शिविर चलाउनेलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडौं- देशका विभिन्न स्थानमा सञ्चालन हुने स्वास्थ्य शिविर तथा स्वास्थ्य सम्बन्धि अन्य क्रियाकलाप सञ्चालन गर्न अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालय तथा मातहतका कार्यालयबाट स्विकृती लिनु पर्ने नियम छ । तर, विभिन्न संघसंस्थाले स्विकृती बिना नै शिविरहरु सञ्चालन गरेको पाइएपछि मन्त्रालयले कडाई गर्ने भएको छ ।
मन्त्रालयले स्विकृती बिना शिविर चलाउनेलाई कारबाहीको दायरामा ल्याउने भएको हो । शिविर चलाउने संस्थालाई मन्त्रालयले विदेशी चिकित्सकलाई सेवामा लगाउनु अघि पनि अनिवार्य रुपमा मन्त्रालयको सिफारिस लिन समेत भनेको छ । नेपालमा उपचार सेवा तथा स्वास्थ्य सेवा प्रदान गर्नुपूर्व विदेशी नागरिकले अनिवार्य रुपमा मन्त्रालयको सिफारिसमा नेपाल मेडिकल काउन्सिलबाट दर्ता गर्नुपर्ने हुन्छ ।
मन्त्रालयमा स्विकृती बिना चलेका शिविर तथा काउन्सिल दर्ता बिना विदेशी नागरिकले उपचार गरेको गुनासो र उजुरी आउन थालेपछि मन्त्रालयले कडाई गर्न शुरु गरेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.