अर्जेन्टिनाले जित्यो, मेस्सी चोटग्रस्त
जेठ १५ – मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई १–० ले हराएको हो ।
आउँदो शुक्रबारदेखि अमेरिकामा सुरु हुने कोपा अमेरिका फुटबलको तयारीमा रहेको अर्जेन्टिनाको जितमा ३१ औं मिनेटमा नापोलीका स्ट्राइकर ग्वोन्जालो हेगुइनले गरेको गोल नै निर्णायक बन्यो ।
मेस्सी घाइते
यो खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी पनि खेलेका थिए । तर उनले पूरा समय मैदानमा बिताउन भने पाएनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...