-->
अब धनगढीमा यस्तो बन्दै छ अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला, फिनल्याण्डबाट सहयोग (तस्बिर सहित)

काठमाण्डौ । क्रिकेटको शहर धनगढीमा ५ बर्षमा ४० हजार क्षमताको फाप्ला अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बन्ने भएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रीम फाप्ला) का संयोजक समेत रहेका सुवाश शाहीले थ्री डी नक्सा सार्वजनिक गर्दै सवैलाई सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेका 
सार्वजनिक गरेको प्लानमा खेल मैदानसँगै प्लेयरका लागि जिमहाउँस, लकर, स्वीमिंग पुल तथा ट्रेनिंग हाउँसको व्यवस्था गरिएको छ । स्टेडियमको तिनतिर कुर्सी सहितको दर्शक बस्ने व्यवस्था मिलाईएको छ भने एकातिर घासेमैदान बनाईएको छ ।फिनल्याण्डबासी नेपालीहरुले सहयोग गर्ने

धनगढीमा ५ बर्ष भित्र ४० हजार दर्शक क्षमताको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने उदेश्यले थालिएको ड्रिम फाप्ला अभियानलाई सहयोग फिनल्याण्डबासी नेपालीहरुले सहयोग गर्ने भएका छन् । नेपाल हेलसिन्कीं क्रिकेट क्लब र देउँराली क्रिकेट क्लबको सयुक्तं आयोजनामा क्रिकेट प्रतियोगिताको आयोजना गरि त्यसबाट उठेको रकम रंगशाला निर्माणका लागि पठाउँन लागिएको प्रतियोगिता संयोजक सञ्जय भण्डारीले बताउँनु भयो । हामीले प्रतियोगिताबाट झण्डै यही मे १५ तारिख देखि २२ तारिखमा सम्पन्ने प्रतियोगिताबाट फाप्लाका लागि झण्डै १ लाख २० हजार रुपैया संकलन भएको उनले बताए । नेपालमा राम्रा खेलाडी हुदाँहुदै पनि मैदानहरुको अभावमा उनीहरुले उचित म्याच एक्सोजर पाउँन सकिरहेका छैनन, त्यसैकुरालाई मनन गर्दै धनगढीमा थालिएको फाप्ला रंगशाला निर्माणको अभियानलाई सघाउँन हामीले प्रतियोगिता आयोजना गरेका हौ, प्रतियोगिता संयोजक भण्डारीले बताए । यस रकममा अझै केही थप्न सकिन्छ कि भनेर हामी प्रयासरत छौ र छिट्टै रकम पठाउँने तयारीमा छौ उनले भने ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.