बिमल शुक्रबार बिहान नेपाल फर्कँदै
काठमाडौं, जेठ १३ – राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर शुक्रबार बिहान नेपाल फर्कँदै छन् । बिमल अहिले उपचारका लागि बेल्जियममा छन् ।
बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि बिमल घर फर्कन लागेको एन्फाले जनाएको छ । नवलपरासी बर्दघाट-८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन ।
बुधबार घरमा एक्लै रहेकी उनी बिहीबार बिहान मृत अवस्थामा भेटिएकी थिइन । हत्या भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घुँडामा समस्या देखिएपछि विमल दुई साता अघि उपचारका लागि बेल्जियम गएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...