मादीको वगरमा तरबुजा फलाउँदै तनहूँका वोटे समुदाय
खोलाको बगर नै किन नहोस् जाँगर भए जे पनि फलाउँन सकिन्छ । बालुवामा पानी हालेजस्तै भन्ने भनाई विपरित यतिबेला तनहुको मादी खोला वोटे समुदायको मुख्य आर्य आर्जनको श्रोत बनेको छ । तनहँुको व्यास ७ पाटनमा वस्दै आएका वोटे समुदाय आफ्नो पुख्यौँली माछा मार्ने व्यावसायनै त्यागेर व्यावसायिक रुपमा तरबुजा खेतितर्फ आर्कषित भएका छन् । मादीसेती वोटे समुहमा आबद्द भई १७ जनाको समूहले १० रोपनी वगरको जग्गामा व्यावसायिक तर्बुजा खेति गरिरहेका छन् ।
२ बर्ष अघि जिल्ला कृषि विकास कार्यालय तनहँको सहयोगमा उनीहरुले मादीको वगरमा व्यावसायिक तर्बुजा खेति गदै आएका छन् । पुख्यौली पेशा माछा मार्ने भए पनि नदिमा माछा नै पाइन छाडेपछि आफुहरु तर्बुजा खेतीमा लागेको उनीहरु बताउछन ।
गत बर्ष तरबुजावाट ७० हजार रुपयाँ आम्दानी गरेका उनीहरुले यस बर्ष पनि भण्डै डेढ लाख रुपयाँ बराबरको आम्दानी हुने अनुमान गरेका छन् । तरबुजाको अलवा घिरौला, लौका, करेला लगायतका मौसमी तरकारी खेतीबाट समेत राम्रो आयआर्जन भैरहेको उनीहरुले बताए ।
नयाँ खेतीको रुपमा तनहुँको देवघाट, क्यामिन, व्यास नगरपालिकाको वडा नं ९ मा गरी ३ हेक्टर जमिनमा व्यावसायिक रुपमा तरवुजा खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...