विदेशी क्यासिनोमा यसरी पुग्छन् नेपाली
उनीहरू सिधै सम्बन्धीत क्यासिनोसँग पुहँच बनाएर, क्यासिनो एजेन्टको सम्पर्कमा वा नेपालकै क्यासिनोबाट प्याकेज खरिद गरेर जाने गरेका छन् । यसरी जाने नेपालीको संख्या हरेक वर्ष बढ्दैछ ।
नेपालबाट क्यासिनो खेल्न बाहिरिनेको संख्या वार्षिक १५ देखि २० हजार जनासम्म हुने गरेको क्यासिनो व्यवसायीले जानकारी दिएका छन् । नेपालबाट जुवा खेल्न सिंगापुर, भातर, मकाउ, श्रीलंका, बंगलादेशलगायतका देशमा नेपाली जाने गरेका छन् ।
नेपालबाट विदेशी क्यासिनोमा जाने नेपालीलाई उनीहरुकै रुची अनुसारकै गन्तव्यमा पठाउन यहाँकै क्यासिनोले प्याकेज बिक्री गर्छन् ।
उच्च वर्गका नेपाली र उद्यागी एवं व्यापारी भने सिधै सम्बन्धित देशका क्यासिनोसँग सम्पर्क गरेर जान्छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...