-->
सीता ‘म्याम’ यो त सहनै नसक्ने गरी बेइज्जत भएन र ?

काठमाडौं, १० जेठ । २०७३ जेठ ६ गते माओवादी पार्टीहरूबीच एकता घोषणा गर्ने दिन । माओवादी नेता तथा कार्यकर्ताहरू त्यो दिन अलि बढी नै उत्साहित देखिन्थे ।

त्यसैले धेरै नेता तथा कार्यकर्ता उत्साह र खुसी साट्न कार्यक्रम बबरमहलस्थित कार्की पार्टी प्यालेसस्थल पुगेका थिए । यस्तोमा प्रचण्डपत्नी सीता दाहाल उत्साहित नहुने कुरै भएन, उनी पनि श्रीमान् प्रचण्डसँगै कार्यक्रमस्थल कार्की पार्टी प्व्यालेस, बबरमहल पुगिन् । कार्यक्रम सुरु हुनै लागेकाले कुर्सीहरू खचाखच मात्रै होइन, कार्यक्रमस्थलमा खुट्टो हाल्ने ठाउँसम्म थिएन ।

प्रचण्ड सरासर मञ्चमा उनका लागि व्यवस्था गरिएको कुर्सीमा गएर बसे । सीता पार्टी अध्यक्षको श्रीमती भएकाले पनि उनका लागि कुर्सीको प्रवन्ध गर्नुपर्ने थियो, तर खै किन हो ? आयोजकले न त सीताका लागि कुर्सीको व्यवस्था गरेका थिए, न त कसैले उनीप्रति चासो नै राखे ।

त्यसपछि सीता निकै भाउन्निन पुगिन् । तीनपटक यता र उता गरेर घुमिन् । सिट छाडिदिन त परै जाओस्, कसैले उनीप्रति चासोसम्म पनि राखेनन् । कार्यक्रममा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, बस्ने कुर्सी नपाएर छट्पटाइरहेकी सीताले ‘महरा बाबु खोई ?’ भन्दै कृष्णबहादुर महरालाई निकैबेरसम्म खोजेकी थिइन् । तर, महरा कहीँकतै नभेटिएपछि उनी एक महिला कार्यकर्तासँग मिलेर एउटा कुर्सीमा बसेकी थिइन् ।

अध्यक्ष पत्नी सीता कुर्सी खोज्दै छट्पटाइरहेका बेला एकजना वैद्य समूहबाट आएका माओवादी कार्यकर्ता टिप्पणी गर्दै थिए–छोरा प्रकाशको कान्छी स्वास्नीको छोरो खेलाएर बसेको भए हुन्थ्यो नि किन यहाँ आइरहेको होला ? सीता दहालमाथि यसरी अपमान गरिनुको कारण अरु केही नभएर उनको रुखो व्यवहार नै भएको एमाओवादीका एकजना केन्द्रीय सदस्य बताउँछन् ।

‘सीता दाहाल आफू शासक र अरु कमरेडहरू नेता कार्यकर्ताहरूलाई रैती जस्तो व्यवहार गर्छिन्’, ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले उनलाई प्रचण्डको चाकडी गर्ने स्वार्थीहरूभन्दा बाहेककाले रुचाउँदैनन् ।’ सीता दहाल सावा अक्षर पनि राम्ररी पढ्न सक्दिनन् । सावा अक्षर नै पढ्न नसक्ने भएपछि उनमा अध्ययन हुने कुरै भएन । त्यसैले उनी औषत महिलाभन्दा खासै माथि सोच्न सक्ने हैसियतकी महिला होइनन् भनेर अनुमागन गर्न गाह्रो छैन ।

‘सीता दाहालले सुराकीले जस्तो गरेर नजिकै बसेर प्रचण्डले गर्ने भेटघाटहरूको कुराकानी सुन्ने गरेकी छिन् । स्मरणीय छ, उनको यो स्वभावका बारेमा पत्रकार नेत्र पन्थीले हालै प्रकाशित गरेको पुस्तक भिोर्स प्रचण्ड र बाबुरामको पुस्तकमा समेत उल्लेख गरेको साँघु साप्ताहिकमा समाचार छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.