इनरुवास्थित राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत कर्मचारी वीरेन्द्रकुमार उरावले नरसिंह गाविस वडा नम्बर ९ घर भएकी एक युवतीलाई शुक्रबार अपहरण गरेका छन्।
सिरहामा रहेको भिनाजुको घरमा बस्दै आएकी युवतीलाई उरावले घरबाट बाहिर आएको मौका छोपेर अपहरण गरेको परिवार र प्रहरीले जनाएको छ। असार १३ गते विवाहको मिति तय भएर विवाहको तयारीमा लागिरहेको अवस्थामा नरसिंह-९ कै सञ्जय साहको सहयोगमा उरावले युवतीलाई अपहरण गरेको परिवारको दाबी छ।
इलाका प्रहरी कार्यालय लहानले अनुसन्धानका सुनसरी एसपी नरेन्द्र दाहालले युवतीलाई आफ्ना कर्मचारी उरावले लगेको भनेर जानकारी गराएको जनाएको छ। इप्रकाका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले पनि एसपी दाहालले आफ्नो कर्मचारीले युवतीलाई लगेको भनेर भनेको बताए। उराव र साहकै मिलेमतोमा अढाइ वर्षअगाडि युवतीका दाजु रुपेशको अपहरण भएको थियो र हालसम्म पनि रुपेशको अवस्था परिवारले जान्न सकेको छैन। सो घटनाको मुद्धा अहिले पनि अदालतमा छ। उनीहरुले युवतीको परिवारलाई मानसिक यातना दिने र सम्पत्ति कब्जा गर्ने नियतले युवतीको पनि अपहरण गरेको दाबी परिवारको छ।
परिवारले उराव र साहलाई खोजी गरी कारबाही गर्न र युवतीलाई खोजी गरेर ल्यइदिन भन्दै जिल्ला प्रशासन कार्याल सुनसरीमा आइतबार उजुरी दिएका छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...