-->
पहिरोका कारण कर्णालीको यातायात अस्तव्यस्त

बिस्नप्रसाद न्यौपाने

कालिकोट जेठ ९ गते । गत शुक्रबार राती भएको अविरल बर्षासँग कर्णाली राजमार्गको ठाँउ ठाँउमा पहिरो जाँदा यातायात सेवा प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन् । 

सुर्खेत नेपालगञ्जदेखि कालिकोट जुम्ला हुँदै मुगुसम्म र मुगु जुम्ला कालिकोटदेखी सुर्खेत नेपालगञ्जसम्मका लागि यात्रामा लागेका यात्रुहरु पहिरोका कारण बीचबाटोमै अलपत्र हुँदा यस्तो समस्या भएको हो । 
कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्डमा दर्जनभन्दा बढी स्थानहरुमा पहिरो गएको छ । जुम्ला सुर्खेत सडकखण्ड अन्तरगत कालिकोट जिल्लाको सदरमुकाम मान्मादेखि दैलेख जिल्लाको रामाघाटसम्म ठाँठ ठाँउमा पहिरो गएको छ । शनिबार  कालिकोट खण्डका पहिरोहरु डोजर मार्फत पन्छाईए पनि दैलेखको सडक खण्डमा धेरै पहिरो गएकाले सार्बजानिक यातायातका साधनहरु तथा मालबाहक गाडीहरु पनि बीचबाटोमै अलपत्र परेका छन् । 
कालिकोट जिल्लाको मान्मा गाविस स्थित सुनार खोला, गैरागाँउ, सेरीघाट, कालेखोला, दैखोला लगायतका ठाँउहरुमा पहिरो जाँदा सडक अबरुद्ध छ । यस्तै दैलेखको खण्डमा टुनिबगरदेखी रामाघाटखोला सम्म करीब दर्जन बढी ठाँउहरुमा पहिरो गएको छ । त्यहाँ भने डोजरले निरन्तर रात दिन काम गर्दा पनि बाटो खुलाउन अझै दुई दिन लाग्ने बीचबाटोमै अलपत्र परेका यात्रुहरु बताउँछन् । 
नेकपा एमाले कालिकोटका उपाध्यक्ष रमेश शाहीले कालिकोटदेखी सुर्खेत जाँनका लागि निकै दुख पाएको बताउनुभयो । उहाँले पहिले कालिकोटदेखी दुई हजारमा सुर्खेत लिने गरेका जीवहरुले अहिले कालिकोटदेखी टुनिबगर १५ सय र रामाघाटदेखी सुर्खेत पनि १५ सय गरी एक व्यक्तिबाट तीनहजार भाडा असुल्ने गरेको बताउनुभयो । यस्तै नेपालगञ्जबाट जुम्ला हिडेकी राजकुमारी शाहीले तीन छाक त चाउचाउको भरमा बिताएको बताउनुभयो । 
 विगत केही बर्ष अगाडीदेखी कर्णाली राजमार्गमा भएका ठुला ठुला दुर्घटनाहरुका कारण प्रहरी प्रशासनले कडा निगरानी गरी यात्रुबाहक गाडिहरुमा सिट भन्दा बढी यात्रुहरु बोक्न नपाउने नियम लागु गरेको भएपनि अहिले यो नियम लागु गर्न प्रहरीलाई समेत समस्या भएको छ । ठाँउ ठाँउमा पहिरो गएकाले सुर्खेतबाट दुई गाडीमा आएका यात्रुहरु टुनिबगरबाट एकै गाडीमा समेत यात्रा गर्न बाध्य भएका छन् । पहिरोका कारण सडकमा आवश्यकक्ता अनुसार गाडी गुड्न पनि सकिरहेका छैन्् ।  गाडी नै नपाउनु भन्दा बसको छदमा भएपनि यात्रा गर्नुपर्ने समस्या आएपछि प्रहरीले समेत लचक्ता अपनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.