-->
सगरमाथामा दुई आरोही सम्पर्कबिहिन

काठमाडौं- सगरमाथा आरोहण गर्न गएका दुई भारतीय आरोही बेपत्ता भएका छन्। उनीहरुको आरोहण व्यवस्थापन गरेको ट्रेकिङ क्याम्प नेपाल प्रालीका प्रवन्ध निर्देशक वाङ छु शेर्पाका अनुसार कोलकता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ शनिबार दिउँसो १२ बजे देखि बेपत्ता भएका हुन्।
'परेश र गौतमसँगै अन्य दुई भारतीय र ४ नेपाली आरोही सगरमाथाको ८ हजार ६ सय मिटर उचाइमा पुगेपछि एकै पटक सम्पर्कविहिन भएका थिए', शेर्पाले नागरिकन्युजसँग भने, 'ति मध्ये ४ नेपाली र दुई भारतीय आइतबार दिउँसो १ बजे सम्पर्कमा आएका छन् तर परेश र गौतम भने अझै सम्पर्कविहिन छन्।'

शेर्पाका अनुसार सम्पर्कमा आएका आरोही अहिले तेस्रो क्याम्पमा आइपुगेका छन्। उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको शेर्पाले बताए। उनीहरुलाई सोमबार हेलिकप्टरबाट उद्धार गरिने उनले बताए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.