इब्राहिमोविचलाई भित्र्याउन खोज्दै युनाइटेड
म्यान्चेस्टर – इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्वीडिस स्टार ज्लाटान इब्राहिमोविचलाई अनुबन्धन गर्ने तयारी गरेको बेलायती मिडियाले दाबी गरेको छ । ३४ वर्षीय स्ट्राइकरले यसै सिजनदेखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने घोषणा गरिसकेका छन् । उनले प्रिमियर लिगमा खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।
गत हप्ता बार्डियक्सविरुद्धको खेलमा इब्राको खेल हेर्न आफ्ना प्रतिनिधी युनाइटेडले फ्रान्स पठाएको थियो । उक्त खेलपछि युनाइटेडले उनलाई औपचारिक रुपमा अनुबन्धनको पत्र पठाउने तयारी गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।
अन्य रिपोर्टमा भने युनाइटेडले उनलाई १ वर्षका लागि अनुबन्धन गर्ने पत्र पठाइसकेको जनाएको छ । इब्राले पीएसजीका लागि शनिबार मार्सेविरुद्ध फ्रेन्च कप फाइनलमा अन्तिम खेल खेल्नेछन् ।
उनका एजेन्ट मिनो राइयोलाले भने एक वर्षको करार गर्ने कुरा सत्य नभएको बताएका छन् ।
इब्रालाई डेभिड बेकह्यामको क्लबले पनि एमएलएसमा ल्याउन खोजिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...