-->
तमलोपा युवा फ्रन्टका अध्यक्ष झा नयाँ शक्तिमा

काठमाडौं, ४ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टी निकट नेपाल लोकतान्त्रिक युवा फ्रन्टका पूर्वअध्यक्ष रोशन झालगायत ५ दर्जनभन्दा बढी मधेसी युवाहरु नयाँ शक्ति नेपालमा समाहित भएका छन् ।
मंगलबार नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा उनीहरुले पुराना पार्टीहरु परित्याग गर्दै नयाँ शक्तिमा समाहित भएका हुन् । झासँगै नेपाली कांग्रेसबाट रामानन्द शाह र तेजारथ हुसेन मिया, एमालेबाट सिके जसवाल र देवेन्द्र झा, एमाओवादी मुकेश सिंहलगायतका युवाहरुलाई नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले स्वागत गरेका हुन् ।
नवआगन्तुकहरुलाई स्वागत गर्दै डा भट्टराईले नयाँ शक्तिमा सबैको क्षमताअनुसार मूल्यांकन हुने र यथोचित जिम्मेवारी दिइने प्रतिवद्धता व्यक्त गरे । ‘नयाँ शक्तिमा नातावाद र कृपावाद हुँदैन, सबैलाई क्षमताअनुसारको जिम्मेवारी दिइन्छ,’ उनले भने ।
युवा नेता झाले नयाँ शक्तिको विचार र सोचसँग प्रभावित भएर यसमा आवद्ध भएको भन्दै देशलाई गति दिने एक मात्र शक्ति नयाँ शक्ति भएको बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.