
कुनै लक्षण र चिन्हहरु नदेखिईकन नै दृष्टिबिहिन बनाउने भएकाले यसलाई अत्यन्त चुनौतिपूर्ण रोगको रुपमा लिने गरिएको छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेलचेक्र्याई गरेमा जलबिन्दुले मानिसलाई दृष्टिबवहिन समेत बनाउन सक्छ ।
आँखाको भित्रि चाँप ९इन्ट्रा अक्युलर प्रेसर० बढ्नु जलबिन्दुको जोखिमको मुख्य कारण हो । एउटा स्वस्थ आँखाको गेडीमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ हुन्छ जसलाई मेडिकल भाषामा एक्युस ह्युमर भनिन्छ । यो एक्युस ह्युमर जुन गतिमा बगेर सकिन्छ त्यहि गतिमा उत्पादन हुन्छ ।
एक्युस ह्युमरको उत्पादन मात्रा बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखाको चापमा वृद्धि हुन्छ । बढेको आँखाको भित्रि चाँपले दृष्टि सम्वन्धि स्नायुलाई धक्का लगाउँछ र बिस्तारै क्षति पुर्याउदै जान्छ । जलबिन्दुका कारण हुने दृष्टिबिहिनताको अवस्था क्रमशः बढ्दै जाने हुन्छ । यो प्रकृया प्राय छेउछाउका दृष्टि हराउँदै गएर शुरु हुन्छ ।
आँखाको बढ्दो चाप (इन्ट्रा अक्युलर प्रेसर) लाई दृष्टि सम्वन्धि स्नायु निर्माण गर्ने स्नायू रेशाहरुलाई बिस्तारै बिगार्ने कारणका रुपमा समेत लिने गरिन्छ ।
परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगत रुपमा पछिल्लो पुस्तमा सर्दै जानेहुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ । त्यसैगरी ४० वर्ष भन्दा माथिका बयश्कहरुलाई पनि जलबिन्दु हुनसक्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलबिन्दु हुने सम्भावना प्रवल रहन्छ । लामो समयसम्म आँखाको उपचारमा प्रयोग गरिने स्टेरोयड्स औषधिहरु प्रयोग गर्ने र दुर्घटनाका कारण आँखामा चोट लागेकाहरुमा पनि जलबिन्दु हुनसक्ने सम्भावना उत्तिकै हुन्छ ।
बिशेषज्ञहरुद्वारा आँखाको भित्रि चाँप (इन्ट्रा अक्युलर प्रेसर) , आँखाको तरल बग्ने प्रणालिको कोण र अप्टिक नर्भ, पेरिफेरल भिजन भिजुअल फिल्ड टेस्ट लगायतको सम्पूर्ण जाँच गराएर जलबिन्दु निदान गर्न सकिन्छ ।
जलबिन्दुमा हाल आँखाको भित्रि चाँपको मात्र उपचार गर्न सकिन्छ । यसकालागि आँखामा राख्ने थोपा औषधिहरु अत्यन्त प्रभावकारी रहेका छन् । यि औषधिहरुले प्रेसरलाई केही घटाउन र दीर्घकालिनरुपमा नियन्त्रणमा राख्न मद्दत गर्दछन् । थोपा औषधिहरुले आँखाको भित्रि चाँप घटाउन नसकेको अवस्थामा शल्यकृया गर्नुपर्ने समेत हुनसक्छ ।
बिश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु विश्वभर दृष्टिविहिन गराउने प्रमुख कारणहरु मध्ये दोश्रो समस्या हो । नेपालमा पनि यो अन्धोपनको मुख्य कारणहरु मध्ये पर्दछ । यहाँ जलबिन्दु भएकाहरुको एकिन तथ्यांक उपलब्ध नभएपनि आँखाको उपचार सेवा प्रदायक बिभिन्न अस्पतालमा हरेकबर्ष करिब दुईसय जनाको शल्यक्रिया हुने गरेको प्रतिवेदनहरुले देखाएको छ ।
याद राखौं , जलबिन्दुको समस्या समयमै पहिचान गरी उपचार शुरु गर्नसकेको खण्डमा र चिकित्सकको सुझाव अनुसार नियमित औषधि प्रयोग गरेर यसवाट हुनसक्ने अन्धोपनबाट भने बच्न सकिन्छ ।
हरेक छ छ महिनामा आफ्नो आँखाको जाँच गराएर जलबिन्दुको समयमै पहिचान गरी उपचार गराउनु उपयुक्त हुन्छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि बिश्वस्तरको सुबिधासम्पन्न आँखा उपचार केन्द्र रहेको छ । बिश्व जलबिन्दु दिवसको अवसरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि आज देखी मार्च १२ सम्म जलबिन्दु सप्ताह मनाउँदै छ । यस अन्तर्गत जलबिन्दु सम्वन्धि आँखाका बिभिन्न जाँच तथा परिक्षणहरुमा २५ प्रतिशत छुटको ब्यवस्था छ ।
डा प्रेरणा कंशाकार,
एसोसियट कन्सल्ट्यान्ट ,
अप्थाल्मोलोजि एण्ड भिजन साईन्सेस
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल,धापासी

0 comments
प्रतिक्रिया दिनुहोस्...