-->
हार्मोनको गडबडीले हुने रोग र अनौठा समस्या

शरिरमा हार्मोनको गडबडी भयो भने बिभिन्न रोग र समस्याहरु उत्पन्न हुन्छ । हार्मोनको गडबडीले महिलामा जुँगा आउनेदेखी बच्चा नहुनेसम्म हुन्छ । पुरुषमा पनि स्तन बढ्नेदेखी लिङ्ग वा अन्डकोष सानो हुने समस्या देखापर्छ । सम्भोग गर्न गाह्रो हुने, मान्छे धेरै अग्लो वा धेरै होचो हुने कारण पनि हार्मोन हो । हार्मोनकै कारण खाना नपच्ने, दिक्क लाग्ने, धेरै पसिना आउने, मोटोपना बढ्ने र निद्रा नलाग्नेसम्म हुनसक्छ । समयमै उपचार गरे यस्ता धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्ता समस्यामा इन्डोक्राइनोलोजिष्टलाई दखाउनु पर्छ । जानौं हार्मोनको गडबडीले हुने समस्या :

स्तनबाट दूध चुहिने
पुरुषको स्तन बढ्ने
धेरै पुड्को वा धेरै अग्लो हुने
लिङ्ग वा अन्डकोष सानो हुने
यौन इच्छामा कमि हुने
सम्भोग गर्न गाह्रो हुने
यौवनावस्था चाँडो वा ढिलो हुने
मधुमेह
थाइराइडका रोग
महिनावारी गडबडी
निःसन्तान
महिलाको शरीरमा धेरै रौं उम्रने
धेरै डन्डिफोर आउने
धेरै कपाल झर्ने

मोटोपना बढ्ने
बारम्बार मृगौलामा पत्थरी पर्ने
सानै उमेरमा रक्तचाप बढ्ने
लिङ्ग निर्धारण गर्न गाह्रो हुने


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.