-->
यात्रुले भरिएको बस नाग्दी खोलामा खस्यो

१२ यात्रु घाइते, एक सम्पर्कविहीन
दमौलीः तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत गृह नजिकैको पुलबाट यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते भएका छन् । 

 
मुग्लिङबाट दमौली आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको यात्रुवाहक बसअघि दिउँसो खोलामा खसेको हो । 

तीव्र गतिमा आइरहेको बस अनियन्त्रित भएर करिब ४० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक लेमप्रताप सेनले बताए । 

दुर्घटनामा घाइतेमध्ये चालकसहित तीनको अवस्था गम्भीर छ । बसले च्यापिरहेका कारण उनको उद्धारको प्रयास भैरहेको उनले बताए । 

घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रमुख ओमप्रसाद पौडेलले बताए । घाइतेमध्ये तीनजनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको छ । 

तीन जनालाई भरतपुर तथा तीन जनालाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ । बसमा सवार एक यात्रु भने सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.