बेलायती रानीले चिनियाँ अधिकारीलाई अशिष्ट भनेपछि…
काठमाडौं–बेलायती महारानी एलिजावेथले गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिंगको भ्रमणका विषयमा समिक्षा गर्ने क्रममा चिनियाँ अधिकारीहरु अशिष्ट रहेको बताएकी छिन् ।
मंगलबार उनी समक्ष चीनका लागि बेलायती राजदूतले भ्रमणका विषयमा कुराकानी गरेका थिए ।
त्यस कुराकानीका क्रममा महानगरिय प्रहरीकी कमाण्डर लुसी पनि उपस्थित थिइन् । उनले महानगरिय प्रहरीकी कमाण्डर लुसीसँग कुराकानी गर्दै चीनका लागि बेलायती राजदूत समक्ष चिनियाँहरु अशिष्ट रुपमा प्रस्तुत भएको बताएकी हुन् । यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन पनि यस्तै अभिव्यक्तीका कारण विवादमा तानिएका थिए । उनले अफगानिस्तान र नाइजेरिया निकै भ्रस्ट देश रहेको बताएका थिए ।
सुरुआतमा कमाण्डर लुसीले चिनियाँ अधिकारी अशिष्ट रहेको महारानीलाई जानकारी दिएकी थिइन् । त्यसपछि महारानीले उनको कुरालाई स्विकार्दै उनीहरु बेलायती राजदूतसँग अशिष्ट रुपमा प्रस्तुत भएको बताइन् । अहिले यस विषयले बेलायतमा निकै चर्चा पाएपनि बुकिंगह्याम दरबारले भने महारानीको निजि कुरामा केही प्रतिक्रिया सार्वजनिक नगर्ने बताएको छ । तर बुकिंगह्याम दरबारले चिनियाँ भ्रमण सफल रहेको बताएको छ । यता लुसीले भने आफ्नो कामबाट महारानी खुसी भएको बताएकी छिन् । यता बेइजिंग सरकारका प्रवक्ताले पनि भ्रमण निकै सफल रहेको र यसले चीन र बेलायतबीचको सम्बन्धमा स्वर्गीम आयामको सूरुआत गरेको प्रतिक्रिया जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...