-->
जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

पाँचथर, जेठ १२ – जंगली च्याउ खाँदा पाँचथरको आङ्ना–१  मा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा पादममाया माङ्लाकसहित उहाँका १६ वर्षका छोरा रामप्रसाद तथा छोरीहरु १३ वर्षकी कविता, ८ वर्षकी मनिषा र ५ वर्षकी सोनी बिरामी परेका हुन् ।

बिरामी मध्ये सोनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.