-->
हुवावीले सामसूङविरुद्ध मुद्दा दायर गर्

बेइजिङ – चर्चित चिनियाँ कम्पनी हुवावीले सामसुङ कम्पनीले आफ्नो प्रतिलिपि अधिकार हनन गरेको भन्दै मुद्दा दायर गर्ने भएको छ । चिनियाँ कम्पनीले सामसुङ विरुद्ध दुईवटा अदालतमा मुद्दा दायर गर्ने बताएको छ । उसले क्यार्लिफोनिया र सेन्जेनमा मुद्दा दायर गर्नेछ ।
हुवावीका अनुसार उसले बनाएका थुप्रै सेलुयर कम्यूनिकेशन तथा सफ्वेयरहरु सामसुङका फोनमा प्रयोग भएका छन् । हुवावीले बिना अनुमति दक्षिण कोरियाली कम्पनी सामसुङले यस्तो काम गरेको भन्दै मुद्दा दायर गर्न लागेको हो ।
यता, सामसुङले आफ्नो व्यापार रक्षा गर्न हुवावीले यस्तो आरोप लगाएको बताएको छ । अहिलेसम्म कुन कुन कुराहरु चोरी भए भन्ने सम्बन्ध हुवावीले स्पष्ट केही भनेको छैन् । यता हुवावीले क्षतिपुर्तिको माग गर्ने भएको छ ।
तर पैसाको सट्टामा हुवावीले सामसुङका प्रविधिहरु प्रयोग गर्न चाहेको छ । हुवावीका बौद्धिक सम्पत्तिका प्रमुखले सामसुङका प्रविधिहरु प्रयोग गर्नका लाग क्षतिपुर्ति स्वरुप अनुमति माग्ने संकेत गरेका छन् ।
उनले भनेका छन्–‘हामीले आफ्ना थुप्रै प्रतिस्पर्धीसँग क्रस–लाइसेन्सिङ सम्झौता गरेका छौ । हामीलाई आशा छ सामसुङले हुवावीको अधिकारको सम्मान गर्नेछ । त्यसैले हाम्रो प्रविधी चोरी गर्ने काम बन्द गर्नेछ र हुवावीसँग मिलेर यस उद्योगलाई अघि बढाउनका लागि काम गर्नेछ ।’
यता सामसुङले सबै कुरा बुझेर आफ्नो व्यापार रक्षा गर्ने उद्धेश्यसहित अघि बढ्ने जनाएको छ । अमेरिकामा ओर्याकल र गुगलबीच प्रतिलिपी अधिकारकै विषयलाई लिएर चलिरहेको मुद्दाको फैसला आउनुअघि यस्तो मुद्दा हुवावीले दायर गर्न लागेको हो । सन् २०११ मा पनि सामसुङ र एप्पलबीच प्रतिलिपि अधिकारको विषयलाई लिएर मुद्दा चलेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.