ली जी वान खुट्टाबिनै खेतीपाती गरेर उदाहरणीय बनेका युवा
एजेन्सी : – ली जी वान सानै छँदा उनले पोलियोकै कारणले गर्दा दुबै खुट्टा गुमाउनु परेको थियो । तर पनि उनले किसान भन्ने आफू सपना पूरा गर्ने कसम खाए र आप्mनो बचनमा विचलित भएनन् ।
४६ वर्षका ली उनको खेतीपातीको शैलीका कारण अहिले चीनमा चर्चित छन् । विकलांगताको बावबुत उनले खेती किसानीको काम जारी राखे । उनी हिलाम्मे खेतमा धान रोप्छन्, आवश्यक सामान ओसार पोसार गर्न आफूलाई अनुकल हुने गरी मोटर बनाएका छन् । गरीब परिवार भएका कारण उनले ११ वर्षदेखि पढ्न पाएनन् । तर, उनले मेहनत गरे र केही पैसा बचाएर गाउँमा जनरल स्टोर खोले ।
हालै चिनियाँ टीभीमा आफ्नो संर्घषको कथा सुनाएपछि उनी सेलिब्रेटी बनेका छन् । उनले २० वर्षको उमेरमा विवाह गरे । उनका दुई छोरीहरु बाबुलाई सहयोग गर्छन् । उनी अरुलाई सहयोग गर्न चाहने भएकाले छर छिमेकमा पनि सबैले मन पराउँछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...