-->
कर्णालीमा राजमार्गको सिण्डिकेट खारेज

सिण्डिकेट खारेज भएको छ । लामो समय देखि कर्णाली यातायातले यातायात सिण्डिकेटले गर्दा सास्ती भोग्दै आएका यात्रुहरु अव सस्तो भाडामा भनेवमोजिमको यात्रा गर्न पाउने विश्वास लिइएको छ । स्थानीय प्रहरी प्रशासनको सक्रियताले विधि पुगेका वस सेवा सञ्चालन गर्न संभाव भएको यातायात व्यवसायीहरु बताउँछन ।
जुम्लामा चैत २६ गते देखि यातायात सिण्डिकेट हटाउने वारेमा पटक पटक वार्ता र छलफल हुदै आएपनि कर्णालीले यातायात सिण्डिकेट हटाउन मानेको थिएन । पटक पटक सडक अवरुद्ध गर्ने काम गर्दै आएको थियो ।
चन्दननाथ यातायात प्रालीले सरकारले निर्धारण गरेको भाडादरमा यात्रुलाई ओसारपसार गर्ने भनेर जुम्लामा कार्यालय खोलेर चलाउन खोज्दा कर्णालीले रोकेको थियो ।
चन्दननाथ यातायात प्रालीले कम्पनीको नाममा रुट प्रमिट र यातायात व्यवस्था विभागमा पञ्जिकृत गराएपछि आज देखि यातायात सेवा सञ्चालन गरेको छ ।
यो संगै कर्णाली यातायातले कर्णाली राजमार्गमा गरेको यातायात सिण्डिकेट तोडिएको छ । कर्णालीमा व्यवसायीहरु विच स्वस्थ प्रतिस्पर्धा हुने र यहाँका जनताले आफुले चाहेको वसमा सरकारले निर्धारण गरेको भाडादरमै यात्रा गर्न आउने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.