लुम्बिनीमा छायो रौेनकता
लुम्बिनी । क्षेत्रिय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रिय प्रसासक शंकर प्रसाद कोईराला यति वेला लुम्बिनीमा बस्त छन् । २५६० औ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिदै गर्दा उनी सहित क्षेत्रिय प्रहरी प्रमुख सहितको सुरक्षा प्रमुखहरुको टोली पनि लुम्बिनीमै खटिएको छ । बुद्ध जयन्ती आउन तीन दिन मात्रै बांकि रहदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आएका क्षेत्रिय प्रसासक कोईराला बुद्ध जयन्ती सम्पन्न नहुदा सम्म लुम्बिनी मै बस्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए।
राष्ट्रपति बिद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई हरेर प्रकारले सफल पार्नका लागि उनि सहित क्षेत्रिय स्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको हो प्रजिअ ढकालले भने क्षेक्रिय प्रसासक आईसकेपछि हामीले थुप्रै तयारीका काम सम्पन्न गरिसकेका छौ ।
हिजो मंगलबार मात्रै पोखराबाट लुम्बिनी आएका क्षेत्रिय प्रशाशकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा भैरहवामा बुद्ध जयन्तीको तयारीबारे जिल्ला स्थीत दलका प्रमुख तथा प्र्रतिनीधि, सामाजिक संघ सस्थाका प्रतिनीधि, संचारकर्मी लगाएत संग समन्वयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
त्यसैगरी आज बिहानै देखि क्षेत्रिय प्रसासक कोइृराला, क्षेत्रिय प्रहरी प्रमुख डिआईजी कमल सिहं बम, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल, लुम्बिनी अंचल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेत लगाएत जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरुले लुम्बिनी स्थित कार्यक्रम स्थल, मायादेबि मन्दीर, शान्ति दिप लगाएका क्षेत्रको निरिक्षण गरेका छन ।
उनिहरु सबै सरसफाईमा सहभागि हुनुका साथै नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी र लुम्बिनी बिकास कोषका पदाधिकारी तथा कर्मचारीले लुम्बिनीका चारै तर्फ बृहत रुपमा सरसफाई गरेको लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनु भयो । सदस्य सचिव तामाङका अनुसार क्षेत्रिय प्रशाशक कोईराला आफै सहभागि भएर सरसफाई लगाएतका अन्य तयारीका काम गरेपछि लुम्बिनीमा छुट्टै रौेनक आएको छ । कोषका अनुसार सरसफाईको काम अन्तीम चरणमा पुगेको छ भने अन्य तयारीका काम तिव्र गतिमा अगाडि बढको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...