भारतले इन्धन नदिएपनि अब डर छैन, खानी उत्खनन् गर्न मन्त्री आफै क्रियाशील
काठमाडौं, २६ वैशाख । पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएका बेला सरकारले पेट्रोलियम पदार्थको खानी उत्खनन् कार्य अघि बढाउने भएको छ ।
यसका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको चिनियाँ टोली दैलेख पुगेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
टोलीले दैलेखका गाउँगाउँ पुगेर सम्भाव्यता अध्ययन गर्नैछ ।
चीन र नेपालबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको खानीमा अन्वेषण, अनुसन्धान र उत्खननको सम्भाव्यता अध्ययन थालिएको हो ।
मन्त्री पाण्डेसहित दैलेखका सांसद, खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषक चीनसकारकार खानी तथा पेट्रोल र ग्याँस अनुसन्धान विज्ञसहितको सातजनाको टोलीले दैलेखको सिरिस्थानबाट पेट्रोलियम पदार्थको अन्वेषण सम्भाव्यता अध्ययन कार्यको थालनी गरेका हुन् ।
- दैनिक नेपाल डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...