-->
अख्तियारले फेरि ठूला माछा समात्यो, सूचीमा एक सय भीभीआइपी


काठमाडौं, २६ वैशाख । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मलेनको खर्चमा अनियमितता गरेको आशंकमा करिब एक सय जनाविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।
०७१ मंसिर ११ गते सम्पन्न सार्क सम्मेलन तयारीका लागि विनियोजित रकममा भ्रष्टाचार गरेको आशंकामा अख्तियारले कर्मचारी, राजनीतिक दलका नेता तथा ठेकेदारविरुद्व विशेष अनुसन्धान अघि बढाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
अख्तियारबाट प्राप्त विवरणअनुसार १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नेमा ८ वटा मन्त्रालय छन् ।
यसमध्ये भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ७८ करोड रुपैयाँ खर्च गरेको छ ।
- दैनिक नेपाल डट कम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.