-->
बार्यन म्युनिखको कीर्तिमान : लगातार चौंथो तथा समग्रमा २५ औं पटक उपाधि

वैशाख २६ – बार्यन म्युनिखले लगातार चौंथो पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा 
इंगोस्टाडलाई २–१ ले हराएर बार्यनले लिगको एक खेल अघि नै उपाधि पक्का गरेको हो । शनिबार रातिको खेलमा बार्यनका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । 
१५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले बार्यनलाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । 
४२ औं मिनेटमा हार्टमान्नले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इंगोस्टाडका लागि एक गोल फर्काए । बार्यनले योसँग लगातार चौंथो तथा समग्रमा २५ औं पटक बुन्डेसलिगाको उपाधि जितेको छ । 
लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि जित्ने बार्यन पहिलो टिम हो । विजेता बनेको बार्यन म्युनिखको एक खेल बाँकी हुँदा ८५ अंक भएको छ । 
दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको ७७ अंक छ । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड एन्ट्रयाक्ट फ्र्यांकफर्टसँग १–० ले हार्नु तथा बार्यन विजयी हुनुले बोरुसियाको उपाधि होड समाप्त भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.