बुटवलमा भएको सवारी दुर्घटनामा परि एक युवतीको मृत्यु, २७ जना घाइते
जेठ ८, बुटवलमा भएको सवारी दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् ।
प्रहरीले धागो कारखाना नजिकै भएको उक्त दुर्घटनामा परि १ युवतीको मृत्यु भएको जानकारी दिएको छ ।
बर्दघाटबाट बुटवल आउदै गरेको लु १ ख ३३८९ नम्बरको माइक्रो बस र ना ४ ख ६५५२ नम्बरको मिनी बस बुटवल धागो कारखाना अगाडि गणेश प्रतिक्षालय अगाडि ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ ।
नवलपरासी सुनवल ३ कृतिपूरकी २३ वर्षीया सबिता पुनको दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ । एउटा बस सडकमै छ भनि अर्को बस सडकभन्दा तल पल्टिएको छ ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर कबिन्द्र बमले घाइते सवैको देवदह मेडिकल कलेज र बुटवलमा उपचार भइरहेको जनाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...