लिसेस्टरका प्रशिक्षकले भने–फेरि उपाधि जित्न निकै कठिन
वैशाख २२ – इंग्लिस प्रिमियर लिगको उपाधि पक्का गरेको लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरीले फेरि उपाधि जित्नै निकै कठिन हुने बताएका छन् । प्रिमियर लिगमा अझै दुई दशक धनी क्लबकै वर्चस्व रहने प्रशिक्षक रानिएरीले बताए । गएको सिजन मुश्किकले रेलिगेशनबाट जोगिएको लिसेस्टर सिटीले सोमबार राति भएको खेलमा दोस्रो स्थानको टोटनह्याम चेल्सीसँग २–२ को बराबरीमा रोकिएपछि दुई खेल अघि नै उपाधि पक्का गरेको हो । लिसेस्टर सिटीले खेलाडीको ज्यालाका लागि मात्रै ५७ मिलियन पाउण्ड स्टर्लिङ खर्च गरेको छ । यो म्यानचेस्टर युनाइटेडले दुई वर्ष अघिको सिजनमा खर्च गरेको रकमको एक चौथाइ मात्रै हो ।
लिसेस्टरका प्रशिक्षक रानिएरीले भने ‘ठूलो पैसाले ठूलो टिम बनाउँछ र ठूला टिमले नै जित्छन् । अहिले हामीले जिते जस्तो अवस्था किनै कम मात्रै आउँछ ।’ अब आउँदो सिजन पनि ठूलै क्लबको वर्चस्व रहने उनले बताए । उनले भने ‘अबको १० वा २० वर्षसम्म नै यस्तै रहन्छ ।’ कुनै सानो क्लबले उपाधि जितेको घटना लगभग २० वर्षको अन्तरालमा आउने गरेको उनले बताए । नोटिङहम फरेस्टले सन् १९७८ तथा ब्ल्याकबर्न रोभर्सले सन् १९९५ मा र लिसेस्टले अहिले उपाधि जितेको बताउँदै रानिएरीले फेरि यो अवस्था आउनका लागि २० वर्ष लाग्ने बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...