-->
'भोकाएको व्यक्तिले खाना चोर्नु अपराध होइन'

इटाली– भोक मेटाउन सानो संख्यामा कुनै खाना चोर्नु अपराध नभएको इटालीको उच्च पुनरावेदन अदालतले निर्णय गरेको छ। एउटा सुपरमार्केटबाट रोमन ओस्ट्रियाकोभले साढे चार डलर मूल्य बराबरको चिज र सस एउटा सुपरमार्केटबाट चोरेको घटना अदालत पुगेपछि पुनरावेदन उच्च अदालतले सो निर्णय सुनाएको हो।
युक्रेनी मूलका घरबारविहीन ओस्ट्रियाकोभले भोक सहन नसकी तत्काल शरीरको आवश्यकताअनुसारको भोजन लिनैपर्ने बाध्यताअनुरुप चोरेका हुनाले अदालतले सो निर्णय गरेको बताइएको छ । अदालतले लामो लिखित निर्णयमा भनेको छ, 'त्यसैले भोकका बेला चोर्नु कुनै अपराध होइन ।'
सन् २०११ मा जिनोया सुपरमार्केटका सुरक्षाकर्मीले चिजका दुई टुक्रा र एक प्याकेट सस गोजीमा हालेको पाइएपछि उनलाई अदालतमा हाजिर गराइएको थियो। २०१५ मा ओस्ट्रियाकोभलाई स्थानीय अदालतले चोरी अभियोगमा ६ महिना जेल र १ सय युरो जरिवाना तिराउने निर्णय गरेको थियो।
पछि सो मुद्दा पुनरावेदन अदालतमा हालिएको थियो । चोरीपछि ओस्ट्रियाकोभले सुपरमार्केट नछाडेको, उनले लिइएका सामग्री त्यहीँ खाँदै गरेको अवस्थामा फेला पारिएको बताइएको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.