-->
गृहमन्त्री फुटबल खेल्दा प्रहरीमा रुवावासी

काठमाडौं । नेपाल प्रहरीको संगठनमा निराशा बढाएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आइतबार अमेरिका भ्रमणमा निस्किएका छन् ।

 

लामो समयदेखि बढुवाको पर्खाइमा रहेका प्रहरी अधिकारीहरु बढुवाको सिफरिस नै नगरी आइजीपी विदेश भ्रमणमा निस्कएपछि निराश भएका हुन् ।

 

त्यसो त यसमा अर्यालको भन्दा गृहमन्त्री शक्ति बस्नेतको कमजोरी छ । आइजीपी अमेरिका जानुअघि ६५ जना साईलाई इन्सपेक्टरमा बुढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी थियो ।

 

त्यसका लागि बढुवा सूचिमा पनि टुगाें लागिसेको थियो ।

 

तर आइतबार गृहमन्त्री बस्नेत फुटबल खेल्न व्यस्त हुँदा प्रहरीमा बढुवाको निर्णय हुन सकेन ।

 

गणतन्त्र दिवसको उपलक्ष्यमा दशरथ रंगशालामा अयोजित मैत्री फुटबलमा प्रधानमन्त्री –११ र मुख्य सचिव ११ बीच फुटबल खेलाइएको थियो ।

 

मैदानमा प्रधानमन्त्री केपी शर्मा ओली समेत उत्रिएका थिए । गृहमन्ी बस्नेतले पनि पूरा समयसम्म मैदानमै रहँदा प्रहरीको बढुवाबारे अन्तिम छलफल गर्ने समय नपुगेको हो । 


प्रहरीमा विगत ६ महिनादेखि नै सइबाट इन्सपेक्टर बुढुवाको लागि दौडधुप चल्दै आएको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.