-->
विश्वकै उत्कृष्ट अर्थमन्त्री बनेका महतले भने, ‘वृद्ध भत्ता दोब्बर पार्नु राम्रो होइन’

काठमाण्डु, १७ जेठ– पूर्वअर्थमन्त्री रामशरण महतले बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्ः

‘वृद्धहरुलाई दिएको बजेटमा किन असहमति जनाउने भन्ने लाग्छ, तर हरेक वर्ष दोब्बर गर्दै जाने ? यो उचित होइन । अनुमानअनुसार ३५ प्रतिशत नपाउनुपर्ने मान्छेले भत्ता पाएका छन् ।

आन्तरिक ऋण लिएर पैसा सरकारी खातामा थुपार्दा मूल्य वृद्धि दोहोरो अंकमा हुन्छ । यो वित्तीय बदमासी हो । ओलीलाई के सनक चल्छ, अनि एउटा परियोजना आउँछ । काठमाण्डुमा एक हजार अटाउने हल छैन, लुम्बिनीमा ५ हजार हट्ने हल बनाउने कुरा गर्नुहुन्छ । बजेटमा लगानी र पुँजी जति पनि परियोजनामा प्रस्तावित गरिएका छन, तिनको राम्रोसँग अध्ययन गर तयारी भएको छैन ।’ नयाँ पत्रिकाबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.