काठमाडौँ १७ जेठ । दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीदेखि पहिलो पल्ट उद्धार गर्न पुग्नेमध्ये धेरैजसो मुलुकमै छन् । तिनमा पनि सबैजसो परिचित र परिभाषित भूमिकामा छन् ।
हत्याकाण्ड हुँदाका कतिपय घाइते, भोजमा सामेल व्यक्ति, त्यस, ठाउँको सुरक्षा हेर्न जिम्मेवार अधिकारी तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिहरु, व्यक्तिगत सुरक्षा अधिकृतहरु र राजदरबारका कामदार कर्मचारी सहजै उपलब्ध हुन सक्ने अवस्था छ । त्यसै यो घटनाको अनुसन्धानका लागि सबैभन्दा बलियो आधार र प्रमाण घटनास्थलका प्रत्यक्षदर्शी एवं जीवित साक्षी नै हुन् ।
उनीहरुको पुनः बयान लिने हो भने सहजै निकर्षमा पुग्न सकिने फौजदारी न्यायप्रणालीका जानकारहरु बताउँछन् । तर प्रतिवेदन बनाउन या विवरण संकलन गर्नमा सीमित नभई अनुसन्धान गरेर घटनाको सत्यतथ्य वा रहस्य उद्घाटित गर्ने उद्देश्यले धेरै न्यायिक आयोगमा रहेर काम गरेका पूर्वनायब महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी भन्छन्, ‘घटनाका प्रत्यक्षदर्शी एवं घटनाका महत्वपूर्ण प्रमाण हुन् । देखी जान्ने साक्षी नै उपलब्ध छन् भने घटनाको कारण र निष्कर्ष पत्ता लगाउन निकै सहज हुन्छ । न्यायिक प्रक्रियामा पनि सघाउ पुग्छ । आजको नेपाल साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...