-->
बंगलादेशमा चट्याङ लागेर ५० जनाको मृत्यु

१ जेठ, काठमाडौं । बंगलादेशमा पछिल्ला दुई दिनमा चट्याङ लागेर ५० जना भन्दा बढीको मृत्यु भएको छ । प्रहरीकाअनुसार मारिनेमध्ये अधिकांश किसान छन्, जो खेतमा काम गरिरहेका थिए ।

बंगलादेशमा आँधी र तुफान आउनु स्वभाविक भएपनि यो वर्ष अवस्था गम्भिर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बढ्दो तापमान र वन विनास यसको मुख्य कारण रहको विज्ञहरु बताउँछन् ।

मारिनेमा ढाका दुई बालकहरु पनि सामेल छन् । उनीहरुलाई फुटबल खेल्दै गर्दा चट्याङ लागेको थियो । अर्का एक बालकलाई आँप जम्मा गर्दागर्दै चट्याङ लागेको थियो ।

भ्वाइस अफ अमेरिकाको एक रिर्पोटमा मार्च यता मात्रै बंगलादेशमा ९० जनाको चट्याङका कारण मृत्यु भएको उल्लेख छ । गतवर्ष यो संख्या ५१ मात्रै थियो ।

बंगलादेशका विपद् व्यवस्थापन प्रमुख मोहम्मद रियाज अहमदले चट्याङका कारण मृत्यु हुनेको संख्या बढदै गएकाको चिन्ता व्यक्त गरे ।

उनले अझै केही दिन आँधी आउने र थप चट्याङ गर्ने सम्भावना रहेको पनि बताए ।  जुनदेखि सेप्टेम्बरसम्म मनुसुनका समयमा आँधी आउनु बंगलादेशमा सामान्य हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.