सिंहदरबार घेराउको कार्यक्रममा अचानक हेरफेर, प्रहरीसँग भिड्ने गोप्य तयारी
काठमाडौं, १ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आवद्ध २९ दलीय संघीय गठबन्धनले सिंहदरबार घेराउको आफ्नो पूर्वनिर्धारित कार्यक्रममा केही हेरफेर गरेको छ ।
यसअघि संघीय गठबन्धनले चारस्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।
शेर्पाले दुईस्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान नौँ बजेदेखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
यसअघि गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । सोँच जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुईस्थान हनुमनस्थान र माइतीघरमण्डलामा केन्द्रित गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ ।
हनुमानस्थानमा भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतको भनाइ छ ।
यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । शेर्पाले बौद्धतिरका बेरोजगार युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी हुन गोप्य तयारी गरेको स्रोतको दाबी छ ।
जेठ २ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ
माइतीघर मण्डला आर्कमा :
1. संघीय समाजवादी फाेरम नेपाल,
2. आदिवासी जनजाति राष्ट्रिय आन्दाेलन नेपाल,
3. संघीय जनमुक्ति पार्टी,
4. थरूहट तराई पार्टी नेपाल,
5. संघीय लिम्बुवान पार्टी नेपाल,
6. सामाजिक लाेकतान्त्रिक पार्टी नेपाल,
7. लिम्बुवान संयुक्त संघर्ष समिति
8. शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति
9. नेवा: स्वायत्त राज्य मंका संघर्ष समिति
10. ताम्सालिड• संयुक्त संघर्ष समिति
11. तमुवान संयुक्त संघर्ष समिति
12. थरूहट संयुक्त संघर्ष समिति
13. संयुक्त मगरात मन्च
14. संयुक्त दलित अधिकार मन्च
15. लिम्बुवान मुक्ति माेर्चा नेपाल
16. किरात राज्य संघर्ष समिति
17. राष्टिय दलित मुक्ति आन्दाेलन
हनुमानथान आर्कमा
१ तराई-मधेस लाेकतान्त्रिक पार्टी
२ सदभावन पार्टी
३ तराई मधेस सदभावन पार्टी नेपाल
४ राष्ट्रिय मधेस समाजवादी पार्टी
५ नेपाल सदभावन पार्टी
६ मजफाे (गणतान्त्रिक)
७ नेपाल राष्ट्रिय पार्टी
८ आदिवासी जनजाति पार्टी
९ लाेक दल
१० लाेकतान्त्रिक पार्टी नेपाल
११ बहुजन समाज पार्टी नेपाल
१२ खसान राष्ट्रिय संयुक्त संघर्ष समिति
( दैनिक नेपाल डट कम )


0 comments
प्रतिक्रिया दिनुहोस्...