तर भारतीय एक सञ्चार माध्यमले भने नयाँ तथ्य सार्वजनिक गरेको छ । प्रकाशित समाचार अनुसार भारतीयपक्षले बेइजिङमा ओलीको बचाउ गरेको उल्लेख छ । गत बुधबार राती र बिहीबार बिहान प्रचण्डमा आएको परिवर्तनहेर्दा चिनियाँपक्ष जिम्मेवार रहेको बताइएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित रिपोर्टमा पत्रकार प्रशान्त झाले लेखेका छन्,‘प्रचण्डको यु–टर्नमा आन्तरिक पक्षको साथसाथै चिनियाँ ‘सुझाव’ ले भूमिका खेलेको छ ।’ प्रचण्डले आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेपछि चिनियाँ कुटनीतिज्ञले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष बामदेव गौतमलाई भटेको र उनीहरुले नै ओली र प्रचण्डबीच समन्वय गर्ने भूमिका खेलेको उल्लेख छ ।
दुई जनालाई भेटेकै साँझ दुई चिनियाँ कुटनीतिज्ञहरुले प्रचण्डलाई ओलीको निकट मानिएका व्यापारीको घरमा भेटेको समेत उल्लेख छ । एमाओवादीबाट सरकार परिवर्तनको खेल शुरु गर्ने आर्किटेक्ट मानिएका कृष्णबहादुर महाराले पनि त्यसको भोलिपल्ट बिहान ११ बजे चिनियाँ अधिकारीलाई भेटेको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा जनाइए अनुसार महराले प्रचण्डले चिनियाँ चासोलाई सम्बोधन गर्नेसम्म प्रतिबद्धता सुनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका दौराना गरेको ऐतिहासिक सम्झौताले भूमिका खेलेको बताइएको छ । ‘चीनसँग सम्झौता गरेपछि प्रधानमन्त्री टिक्दैनन् भन्ने सन्देश चीनले यसपटक दिन नचाहेको’ कुरा चीन निकट नेता भन्दै उद्धृत गरिएको छ ।रिपोर्टमा भारतीय अधिकारीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...