वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण गर्ने एमाओवादीको निर्णय
काठमाडौं, वैशाख २९ – एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ ।
बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले क्रान्तिकारी माओवादीसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
यस विषयमा थप छलफल गर्न एकीकृत माओवादीले आउँदो शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एकीकृत माओवादीले मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी र मातृका यादव नेतृत्वको नेकपा माओवादी पार्टीसँग पनि एकीकरणको प्रक्रिया अघि बढाएको शर्माले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...