डिटरजेन्टले कालो मानिसलाई सेतो बनाएपछि विरोध
जेठ १६ – चीनको एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनको व्यापक आलोचना भएको छ । विज्ञापनमा एक कालो जातिका

युवालाई वासिङ मेसिनमा डिटरजेन्टसहित वासिङमेसिन (लुगा धुने मेसिन) मा हालिएको छ । केही बेरपछि ती काला व्यक्ति वासिङ मेसिनबाट गोरो भएर निस्केको विज्ञापनमा देखाइएको छ ।
यो अहिलेसम्मकै सबै भन्दा रंगभेदी विज्ञानपन भन्दै सर्वत्र आलोचना भएको छ । विज्ञापनले रंगभेदी भावनालाई बढाउनुका साथै कालो जातिको अपमान गरेको भन्दै धेरैले आलोचना गरेका हुन् ।
विज्ञापनमा एक चिनियाँ युवतीले अुनहारमा केही सेतो क्रिम लगाएका कालो जातिका युवालाई लुगासँगै वासिङ मेसिनमा हालेर आफू त्यसमाथि बसेकी छन् ।
केही बेरपछि ती काला युवा गोरो चिनियाँ युवा बनेर निस्केका छन् । यो विज्ञापन चीनमा टेलिभिन तथा चलचित्र भवनमा पनि देखाउने गरिएको छ । विभिन्न सामाजिक सञ्जालमा यसको आलोचना हुने क्रम जारी छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...