कतारमा रहेका नेपालीको माग ‘स्वदेशमा नै रोजगारी चाहियो सरकार’
कतार, १६ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सांसद शङ्कर भण्डारीले मुलुक परिवर्तन र विकासका निम्ति इतिहासमा योगदान दिने पृथ्वीनाराण शाह जस्तो सम्मान गर्नुपर्ने बताए ।
नेपाली जनसम्पर्क समिति कतारको चौथो महाधिवेशनमा उनले भने ‘अब भावनाले देश चल्दैन अझ कडाइका साथ अगाडि बढ्नु आवश्यक छ ।’ काँग्रेसका नेता विश्वप्रकाश शर्माले मुलुकमा नै रोजगारीको अवसर राज्यले तय गरेर नेपालमा नै दक्ष जनशक्ति उत्पादन गरे मात्र राजनीतिक दलहरु सफल हुने बताए ।
महाधिवेशनले सभापति केशव भुसालको नेतृत्वमा १९ सदस्यीय नयाँकार्यसमिति चयन गरेको छ । दुई उपसभापतिमा शङ्कर न्यौपाने र सुनिलकुमार मण्डल, महामन्त्रीमा मोहम्मद अजिज अलि, सहमहामन्त्रीमा केदार भुसाल, कोषाध्यक्षमा पूर्ण पोखरिया, सहकोषाध्यक्षमा रामजी खत्री तथा सदस्यमा घनश्याम न्यौपाने, याकुब मियाँ, पुरुषोत्तम सुनुवार, जनार्दन न्यौपाने, राम सुयाल, राकेश श्रेष्ठ, मो उमेर आलम, रामकुमार मण्डल, चन्द्रकान्त शर्मा, रामेश्वर मण्डल, जीवच्छ यादव र मो वासिर राइन रहेका छन् । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...