व्यापारी सुरेश केडिया भारतकाे माेतिहारीबाट अपहरण मुक्त, एक पक्राउ
बिहीबार साँझ अपहरणमा उद्योगी सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ।
केडियाको पारिवारिक स्रोतले केडिया अपहरण मुक्त भएको पुष्टी गरेको छ। व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...